समाचार

मकवानपुर प्रहरीद्वारा गाँजा खेती फडानी

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ । प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत दुई पालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा खेती आइतबार फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए । इलाका प्रहरी...

मदिरा सेवन गरेर चक्कु प्रहार गर्ने हेटौंडाका कोइराला पक्राउ

मकवानपुर । हेटौंडामा मदिरा सेवन गरेर चक्कु प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११, शान्ति टोल बस्ने अमित कोइराला रहेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । मदिरा सेवन गरेर आफ्नै आमासहित चार जनालाई चक्कु प्रहार गरेका ३० वर्षीय उनलाई आइतबार पक्राउ गरेको...

मकवानपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५, बसन्तपुरस्थित वडा कार्यालय नजिकै वर्ष ७२ की कान्छिमाया रुम्बाको बाघको आक्रमणबाट आइतबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आइतबार अपराह्नमा घर नजिकै बारीमा घाँस काट्न गएकी उनी अबेरसम्म घर नआएपछि...

परिवार दलद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको कामना गर्दै तमु ल्होसार पर्वको शुभकामना दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त भएको र संविधानको मर्म अनुसार नेपालमा विभिन्न जातजातीको भाषा, संस्कृतिको संरक्षण र विकासमा...

प्रदेश प्रमुख देवकोटाले दिए तमु ल्होसारको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज सोमबार परेको तुम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख देवकोटाले आज शुभकामना सन्देश प्रकाशन गर्दै नेपालको खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने तमु अर्थात् गुरुङ समुदायको नयाँ बर्षको रूपमा मनाइने ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त...

मकवानपुरमा बोलेरो दुर्घटना: घाइते पुरुषको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, चाक्ले बगरस्थित भित्री सडकखण्डमा आज दिउँसो बोलेरो पिकअप गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर ३ बस्ने वर्ष ५६ को शन्तबहादुर गोम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका...

मकवानपुरकी एक युवतीको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ स्थित टाँडीकी विमला डिम्डुङको मृत्यु भएको छ । १८ वर्षीया डिम्डुङ श्वासप्रश्वासको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, डिम्डुङ श्वासप्रश्वासको समस्या आएपछि उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनलाई थप उपचारको लागि सिएमसी...

सिस्नेरी–दक्षिणकाली र फर्पिङ–हुमाने सडक एकतर्फी संचालनमा ल्याइने

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ टल्कु–हुमाने सडकखण्ड एकतर्फी संचालनमा ल्याइने भएको छ । केही दिन अघिबाट पूर्ण रुपमा बन्द भएको दुबै सडक एकतर्फी संचालनमा ल्याइने भएको हो । पूर्वाधार विकास विशेष आयोजना, हेटौंडा अन्तर्गत उक्त सडकखण्डमा तेस्रो प्याकेज अन्तर्गत देवीदेखि दक्षिणकाली नगरपालिका–९ को कार्यालयसम्मको...

धोती दिवस मनाउने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले यही पुष १७ गते राष्ट्रिय पोसाक (धोती) दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए । उनका अनुसार, बैठकले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता...

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दैलेखको नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाईफकाई आफ्नो कोठामा लगेर...