समाचार
उद्योग व्यापार महासंघ मकवानपुरको आयोजनामा अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपालमा लगानी हिजो, आज र भोलि विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ, मकवानपुरको आयोजनामा भएको हो । कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ, मकवानपुरका अध्यक्ष जगदिश दाहालको सभाध्यक्षता एवम् बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख...
तामाङ पत्रकार संघको अध्यक्षमा नेत्र तामाङ
काठमाडौं । तामाङ पत्रकार संघको अध्यक्षमा नेत्र तामाङ चयन भएका छन् । शनिबार संघीय राजधानी काठमाडौंमा सम्पन्न संघको सातौं राष्ट्रिय महाधिवेशनबाट तामाङको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा तिर्थमान बल, उपाध्यक्षमा डोल्माछिरिङ तामाङ, साहिला तामाङ र शिशिर दोङ, महासचिवमा सरस्वती तामाङ, सचिवमा आदर्श...
हेटौंडा जेसीज वर्ष २०२५ को अध्यक्षमा बानिया निर्वाचित
मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२५ को अध्यक्ष पदमा पंकजदास बानिया निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा बानिया नेतृत्वको प्यानल नै विजयी भएको हो । अध्यक्ष र दुई कार्यकारिणी उपाध्यक्ष तथा चार उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । अध्यक्ष पदमा प्रतिस्पर्धी विवेक आनन्द न्यौपानेलाई ४ मतले...
श्रमिक सुरक्षित सहकारीको वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, अजरअमर रोडमा अवस्थित उक्त संस्थाको शनिबार १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभा संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता एवम् राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य बद्री प्रसाद लम्सालको...
मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको थाहा नगरपालिका वडा न्मवर १० मुलगाउँ बस्ने वर्ष ५३ को हिराकाजी गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, गत पुष ८ गते आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा हिरालाललाई स्थानीय ४७ वर्षीय...
मन्त्री महर्जनले गरे एन्फा यू–१६ युथ लिगको उद्घाटन
काठमाडौँ । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । अलिख नेपाल फुटबल संघद्वारा सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजित प्रतियोगिताको मन्त्री महर्जनले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि आफुले...
कैलाशमा पूर्ण सरसफाई उन्मुख टोल अभियान घोषणा
मकवानपुर । खानेपानी तथा सरसफाईका लागि तोकिएको सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा गरिएको छ । शुक्रबार कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो । मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल...
हेटौंडा–१६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १६ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले निकट भविष्यमा उपमहानगरलाई नै बालमैत्री शासनयुक्त स्थानीय...
स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित अनाथ अपांग बाल पुर्नस्थापना केन्द्र मकवानपुरलाई खाद्यान्न सहयोग भएको छ । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा बाल पुर्नस्थापना केन्द्रलाई खाद्यान्न साम्रगी सहयोग गरेको हो । उक्त खाद्यान सामान वि.पि. विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदिप कोइरालाको...
आज सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । साथै...










