समाचार
तीन विश्वविद्यालयका उपकुलपतिद्वारा शपथ ग्रहण
काठमाडौं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई शुक्रबार एक बार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको हो । शपथ ग्रहण गर्नेहरुमा क्रमशः कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति...
‘अध्यापनका साथै प्रविधिमैत्री र सीपको पनि जरुरी छ’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अहिलेको समयमा अध्यापनका साथै प्रविधिमैत्री र सीपको पनि जरुरी रहेको बताएका छन् । मुख्यमन्त्री लामाले अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवाहरु विदेशीनु परेको भन्दै जे पढेका छौं, जे सीप छ सोही सीप अनुसारको रोजगारी गर्नुपर्ने बताएका हुन् । शुक्रबार...
नवनमुना क्लबलाई जर्सी सहयोग
मकवानपुर । मकवानपुरको बकैयास्थित नवनमुना क्ल बलाई फुटबल जर्सी सहयोग भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मिलन पुडासैनीले शुक्रबार एक कार्यक्रमबीच बकैया–४ मा रहेको उक्त क्लबलाई १० थान जर्सी सहयोग गरेका हुन् । उक्त जर्सी नेपाली कांग्रेस बकैया–४ का इकाई सभापति सुनिल भोम्जनको पहलमा सहयोग गरिएको हो...
भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधन
काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति ९ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको हो...
दुर्घटनामा परेर युवकको मृत्यु
धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको...
आज दुई संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त...
एसइई परीक्षाका लागि आवेदन फाराम खुला
काठमाडौं । शैक्षिक सत्र २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश हुनका लागि परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ मा कक्षा १० मा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय...
आज रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट चार...
हेटौंडा जेसीजलाई सक्षम नेतृत्व प्रदान गर्न मेरो उम्मेदवारीः न्यौपाने
मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२४ का कार्यकारिणी उपाध्यक्ष विवेक आनन्द न्यौपानेले २०२५ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सन् २०१७ मा छतेन्द्र आचार्य र शिवकुमार कार्कीको प्रेरणाबाट जेसीज अभियानमा होमिएका उनले पुष १३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । न्यौपाने आफु...










