आज रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
