समाचार
मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा तिमल्सिना चयन
मकवानपुर । मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) अध्यक्षमा चयन भएका छन् । समाजको बिहीबार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएको प्रथम अधिवेशनबाट तिमल्सिनाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समाजको उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम दहाल अर्जुन, कोषाध्यक्षमा अशोक बजगाईं, सह–सचिवमा भुवन घलान (सोमलाल) चयन भएका...
भोलि र पर्सि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि र पर्सी (शुक्रबार र शनिबार) देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम विभागले बिहीबार विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म वर्षाको सम्भावना रहनुका साथै चिसो बढ्ने जानकारी गराएको हो । विभागले विशेष...
कार्यकारिणी उपाध्यक्षमा तिमल्सिनाको उम्मेदवारी घोषणा
मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२५ को कार्यकारिणी उपाध्यक्ष पदका लागि सञ्जिव तिमल्सिना (सुदिप) ले उम्मेदवारी घोषणा गरेका छन् । यही पुष १३ गते हुने जेसीजको निर्वाचनमा आफ्नो उम्मेदवारी कार्यकारिणी उपाध्यक्ष पदका लागि हुने उनले बताए । सन् २०१७ मा जेसीज प्रवेश गरेका तिमल्सिनाले वर्ष २०२० मा उपाध्यक्ष...
सेनाद्वारा हेटौंडामा गैंडाको खाक तस्कर पक्राउ
मकवानपुर । गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट विहीबार एक जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक तस्करीको आशंकामा एक जनालाई पक्राउ गरेको हो । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार...
नेविसंघ वन विज्ञानको प्रशिक्षण तथा बोर्ड स्थापना कार्यक्रम
हेटौंडा । नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान हेटौंडा इकाई समितिले ‘प्रशिक्षण तथा बोर्ड स्थापना कार्यक्रम’ आयोजना गरेको छ । संघले बुधवार संस्थानको सभाहलमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम इकाई सभापती आमोश सिंह ठकुरीको सभाध्यक्षता एवम् नेविसंघ केन्द्रिय सदस्य मिलन पुडासैनीको प्रमुख आतिथ्यतामा समपन्न भएको हो...
प्रदेश लिगलाई निको अस्पतालको साथ
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी प्रदेशस्तरीय लिग फुटबल प्रतियोगितालाई निको अस्पताल हेटौंडाले सहयोग गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको खेल मैदानमा निको अस्पतालले आवश्यक स्वास्थ्यकर्मी र औषधी निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको लिग च्याम्पियन टोलीले विजयी भएका...
कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने
काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि एक महिना थप्ने भएको छ । बाढी–पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिइएको हो । गत असोज ७ गतेदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने गरी समयावधि बनाइएको थियो । सो अवधिभित्र कार्यसम्पादन...
आज पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, पूर्वाधार विकास समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । सो...
अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन फारम भरिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले अब कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने गरिएपनि अब भने कक्षा ९ मा मात्रै रजिस्ट्रेशन फारक भर्ने भनिएको हो । साथै बोर्डले आगामी वर्षदेखि रजिस्ट्रेशा फारम भर्दा...
जाजरकोटमा बिहानै भूकम्पको धक्का महसुस
जाजरकोट । जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ३६ मिनेमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त केन्द्रका अनुसार, जिल्लाको नायकवाडालाई केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो । पछिल्लो सयम देशको...










