समाचार

जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम कार्की

मकवानपुर । नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका संगम कार्की विजयी भएका छन् । सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन अन्तरगत भएको निर्वाचन कार्यक्रममा कार्की ९५८ मतसहित विजयी भएका हुन् । कार्की पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष समेत हुन् । कार्कीसँगै...

मकवानपुरमा महिला क्रिकेट महोत्सव सुरु

मकवानपुर । मकवानपुरमा महिला महिला क्रिकेट महोत्सव (क्रिओ) २०२४ सुरु भएको छ । उक्त फेस्टिबल मकवानपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको हो । क्रिकेटमा महिलालाई आकर्षण र प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा उक्त फेस्टिबलको आयोजना गरिएको हो । हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले व्याटिङ् गरेर फेस्टिबलको सुरुवात गरेका...

म्यानमारबाट एक महिलासहित ५ नेपालीको उद्धार

काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार गरिएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको हो । जसमा एक महिला र चार पुरुष रहेको नेपाली राजदूतावास, बैंककले जनाएको छ । राजदूतावास, बैंककका अनुसार, महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको हो...

थानकोट–चित्लाङ सडक बिहान–बेलुका मात्रै खुला हुने

हेटौंडा । मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बिहान र बेलुकाको समयमा मात्रै खुला गरिएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले उक्त सडक एक महिनाका लागि पूर्ण रूपमा बन्द गरेको थियो । स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक...

अवैध लागूऔषधसहित सात जना पक्राउ

हेटौंडा । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीेले सर्लाही, बाँके, कपिलवस्तु, कैलाली र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सर्लाहीको पर्सा गाउँपालिका–३ बाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित ईश्वरपुर नगरपालिका–३ बस्ने २३ वर्षीय बिजय महतोलाई सोमबार...

मंगलबार १४ अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । आज बजार बढ्दा परिसूचक २६२६ दशमलव ३१ बिन्दुमा उक्लिएको छ । यस्तै, आज कारोबार रकममा पनि थोरै सुधार आएको छ । कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६...

एक पुरुष मृत अवस्थामा भेटिए

गुल्मी । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, रमेश घरबाट ५०० मिटरमाथि गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान...

राक्सिराङ्ग गाउँपालिकामा आज र भोलि सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको कार्यालयले आज र भोलि (पुष ९ र १० गते) गरी दुई दिन सार्वजनिक विदा दिएको छ । इसाई धर्मावलम्बीहरुका महान पर्व क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकामा इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिकाभरि दुई दिन...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बेलुका साढे ७ बजेको समय बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प...

एनएनआइपिए स्पोर्ट्स अवार्ड पुष तेस्रो साता हुने

काठमाडौं । १९ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड यही पुष तेस्रो साता हुने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका अवार्ड कार्यक्रमा सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही पुष २० गते शनिबार अवार्ड कार्यक्रम गर्न लागेको...