समाचार
नेपाल जेसीज वर्ष २०२५ को महासचिवमा श्रेष्ठ
मकवानपुर । नेपाल जेसीजको महासचिवमा विकेशलाल श्रेष्ठ मनोनित भएका छन् । जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा श्रेष्ठलाई मनोनित गरेकी हुन् । उनी हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष हुन् । श्रेष्ठ मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, लायन्स क्लब...
रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवहाक सभापतिमा डीपी अर्याल चयन भएका छन् । सोमबार जुममार्फत् बसेको रास्वपा सचिवालय बैठकले उनलाई कार्यवाहक सभापतिमा चयन गरेको हो । बैठक दलका उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा बसेको हो । दलको नेता भने थप छलफल गरेर तोकिन जनाइएको छ ।
कास्की जिल्ला अदालतमा मंगलबार पनि बयान जारी रहने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान मंगलबार पनि जारी रहनेछ । कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछानेलगायतको बयान रहेको जनाइएको छ । सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको थियो...
आज सबै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज दिउसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको उच्च...
पुष १६ गते कांग्रेस मकवानपुरको मेलमिलाप कार्यक्रम, गगन थापा आउने
हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले पुष १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसर पारेर मेलमिलाप कार्यक्रमको आयोजना गर्ने भएको छ । कांग्रेस मकवानपुरले आज पत्रकार सम्मेलन गरेर मेलमिलाप कार्यक्रमको विषयमा जानकारी दिएको हो । उक्त कार्यक्रमलाई कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्ने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए...
सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न मन्त्री लामाको आग्रह
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरेकी छन् । मन्त्री लामाले सोमबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको मातहतमा रहेको चितवन उद्योग तथा वाणिज्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गँर्दै यस्तो आग्रह गरेकी हुन् । मन्त्री...
सभामुखलाई रास्वपाको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न आग्रह गर्दै सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् । रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले भेटेर सभापति लामिछानेलाई पदबाट निलम्बन नगर्न...
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने...
चुरियामाई सुरुङको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई
मकवानपुर । चुरियामाई सुरुङमार्गको व्यवस्थापन तथा संचालनको जिम्मा हेटौंडा उपमहानगरपालिकाले पाएको छ । उक्त सुरुङ मकवानपुरको हेटौंडा–१५ नम्वर वडामा अवस्थित चुरियामाई मन्दिरसँगै रहेको छ । जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज एक औपचारिक कार्यक्रममार्फत् हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले हेटौंडा...
माओवादीद्वारा लेखा समिति सभापतिको राजीनामा माग
काठमाडौं । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा मागेका हुन् । सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको...










