समाचार
धनुषामा गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान् पक्राउ
धनुषा । धनुषामा ठाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–३, हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको शव गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडी गाडेको अवस्थामा फेला...
झोलुङ्गे पुलबाट हाम्फालेका युवकको मृत्यु
रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१, स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट बुधबार दिउँसो हाम्फालेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने २७ वर्षीय लक्ष्मण नेपाली रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...
एमाले सचिवालय बैठक जारी
काठमाडा्रैं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हाल जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो । बैठक बिहान ११ बजे बस्ने भनिएपनि केही घण्टा ढिला गरेर सुरु भएको नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ । बैठकमा केन्द्रीय कमिटी बैठकको मिति...
९२ लाखसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँ नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ । गएारति अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । उक्त पैसा लिएर उनीहरू कहाँ जाँदै थिए भन्ने नखुलेको भन्दै...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र त्यसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा...
एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ ।
संघीयताको रक्षा ऐलेको आवश्यक्ता होः राष्ट्रिय सभा अध्यक्ष
मकवानपुर । संघीयता कठिन संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा, विकास र संरक्षण गर्नु अहिलेको आवश्यकता भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न ूसंघीयता, राष्ट्रिय सभा र आगामी कार्यभारू विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि दाहालले संघीयताका कारण देशमा आर्थिक समृद्धि, सुशासन, ऐन कानुन निर्माण र...
बागमती प्रदेश प्रमुखद्वारा ख्रीष्टमसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । बुधबार परेको क्रिसमसको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । “बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण कृश्चियन धर्मावलम्बी दाजुभाई दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु” शुभकामना...
आज ‘ख्रीष्टमस डे’ पर्व मनाइँदै
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘ख्रीष्टमस डे’ पर्व मनाउँदैछन् । ‘ख्रीष्टमस डे’ को अवसरमा सरकारले बुधबार देशभर सार्वजनिक विदासमेत दिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज ख्रीष्टमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको...
मन्त्री र सचिवलाई प्रदेश राजधानीमै बस्न मुख्यमन्त्रीको निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका मन्त्री र सचिवहरुलाई केही दिन प्रदेश राजधानी हेटौंडामा नै बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री लामाले आफू नेतृत्वको सरकारका रहेका मन्त्रीहरुलाई चार दिन र सचिवहरुलाई पाँच दिन हेटौंडामा बस्न निर्देशन दिएका हुन् । मंगलबार हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...









