मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा तिमल्सिना चयन

तु खबर संवाददाता
२०८१ पुष ११, बिहीबार १७:४१

मकवानपुर । मकवानपुरगढी पत्रकार समाजको अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) अध्यक्षमा चयन भएका छन् ।

समाजको बिहीबार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएको प्रथम अधिवेशनबाट तिमल्सिनाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समाजको उपाध्यक्षमा मनोज देवकोटा, सचिवमा श्रीराम दहाल अर्जुन, कोषाध्यक्षमा अशोक बजगाईं, सह–सचिवमा भुवन घलान (सोमलाल) चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा क्रमशः सञ्जिव सुनार, अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे र सुमिना चौलागाईं चयन भएका छन् ।

२०७७ पुसमा स्थापित उक्त मकवानपुरगढी पत्रकार समाजमा करिब ४० जना पत्रकारहरू आबद्ध रहेका छन् ।