समाचार

टिपर दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते

बुटवल । गुल्मीको सत्यवती गाउँपालिकामा गएराति टिपर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...

मोरक्कोमा डुङ्गा पल्टिँदा ६९ जनाको मृत्यु

मोरक्को । मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिम अफ्रिकाबाट स्पेनका लागि यात्रा गरिरहेको डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो । मृतकमध्ये २५ मालीका नागरिक थिए । उक्त डुङ्गामा करिब ८० जना व्यक्ति सवार रहेको बुझिइएको छ । जसमध्ये ११ जना मात्रै बाँच्न सकेको मालीका...

जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बोलाइएको हो । बिहान ११ बजेबाट सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, पार्टीले विभागहरूलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका...

लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२, स्थित प्रथम शहिद क्याप्टेन लखन थापा मगर स्मृती बाटिकाको भित्रिपथ बाटोको शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्व खानेपानी तथा सिचाँई मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा शुक्रबार भित्रिपथ बाटोको शिलान्यास गरिएको हो । सो क्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले देशको राष्ट्रिय विभुती...

हेटौंडाबाट ५ जना पक्राउ

मकवानपुर । लागूऔषध खैरो हेराईनसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले ४ ग्राम लागूऔषध खैरो हेरोईनसहित बिहीबार उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा–२ बस्ने वर्ष ३१ को शिशिर राजथला, वर्ष ३० को निरन श्रेष्ठ, वर्ष ३५ को सुदिप भुर्तेल, हेटौंडा–४ बस्ने वर्ष...

‘उद्योगी व्यवसायीको समस्या समाधान गर्छौं’

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ (मउवा संघ) को आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका अनिल अग्रवालको प्यानलले पश्चिमी क्षेत्रका उद्योगी व्यवसायीलाई परेको समस्या समाधानमा लागिपर्ने प्रतिवद्धता जनाएका छन् । चुनावी अभियान अन्तर्गत शुक्रबार मनहरी, रजैया, सानान्टार, बस्तीपुरसहित पश्चिमी क्षेत्रका उद्योगी व्यवसायीहरुसँगको भेटघाट कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता...

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक हाल जारी छ । बैठक पार्टी कार्यालय वनस्थलीमा बसिरहेको हो । बैठकमा समसामयिक राजनीति,केन्द्रीय विभागमा सदस्यहरू मनोनयन,केन्द्रीय समिति बैठक तयारीलगायतका विषयमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । बैठक पार्टीको कार्यवाहक सभापति उपाध्यक्ष डीपी अर्यालको अध्यक्षमा बसिररहेको हो ।...

मकवानपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन

मकवानपुर । मकवानपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन गरिएको छ । शुक्रबार हेटौंडामा भएको भेलाबाट प्रविन मैनालीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा ध्रुवराज ढकाल र विवेक बजगाईं, सचिवमा रन्जिता बिष्ट, सहसचिवमा श्रृजना लामीछाने, कोषाध्यक्षमा बिनोद पौडेल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः चिबहादुर तामाङ,...

बागमती प्रदेशको बजेट १२ प्रतिशतभन्दा कम खर्च

मकवानपुर । बागमती प्रदेश सरकारको पछिल्लो ५ महिनाको अवधिमा कुल बजेटको १२ प्रतिशतभन्दा कम खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१–२०८२ को साउनदेखि मंसिर महिनासम्ममा ११ दशमलव ४२ प्रतिशत अर्थात ७ अर्ब ३७ करोड १९ लाख २५ हजार रुपैयाँ बजेट खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटिया दाबिलेबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय ४० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय विदन कुमार भुजेल र बाराको बिश्रामपुर गाउँपालिका–८ नकटुवा टोल...