समाचार

मकवानपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ५, चाक्ले बगरस्थित भित्री सडकखण्डमा आज दिउँसो बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । दिउँसो साढे २ बजेको समयमा मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च २९४६ नं. को बोलेरो पिकअप गाडी ब्रेक फेल भई रोडबाट...

दक्षिण कोरिया विमान दुघर्टनाः मृतकको संख्या १७७ पुग्यो

सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा परेर मृत्यु हुनेको संख्या १७७ जना पुगेको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या कम्तिमा १७७ पुगेको अधिकारीहरुले बताएका छन् । बिहान १७५ यात्रु र छ जना चालक...

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौं । श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उनका अनुसार, मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो...

२१ अंकले घट्यो नेप्से, ५ अर्ब ४७ करोडमाथिको कारोबार

काठमाडौं । आज साताको कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) २१ अंकले घटेर २६०९.५८ बिन्दुमा आएर रोकिएको छ । यस्तै, आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल ५ अर्ब ४७ करोड ४८ लाख मूल्यको कारोबार भएको छ...

अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहिते देशको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, बारा, सुनसरी, झापा र पाल्पा जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिससहित...

दक्षिण कोरियामा विमान दुर्घटनाः मृत्यु हुनेको संख्या ६२ पुग्यो

काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा परेर हुनेको संखया ६२ पुगेको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६२ पुगेको योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार, आइतबार बिहान १७५ यात्रु...

बागमती प्रदेशको ११ प्रादेशिक अस्पतालमा अध्यक्ष नियुक्त

मकवानपुर । बागमती प्रदेश सरकारले ११ प्रादेशिक अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । प्रदेश सरकारले १३ वटा प्रादेशिक अस्पताल रहेकोमा हेटौंडा र सिन्धुली अस्पतालबाह्ेक ११ वटामा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले ११ वटा प्रादेशिक अस्पतालमा अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष...

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आह्वान

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहानको ११ः३० बजे बस्ने गरी आह्वान गरिएको हो । समितिको हलमा बस्ने सो बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

दक्षिण कोरियामा विमान दुर्घटना, कम्तीमा २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । दक्षिण कोरियाको पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएर दुर्घटना भएको हो । १८१ जना सवार उक्त विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहाप समाचार एजेन्सीका अनुसार, आइतबार बिहान...

कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

काठमाडौं । कालिकोटमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, उक्त भुकम्प कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर गएको हो । पछिल्लो समय देशको विभिन्न स्थानमा सानो...