भोलि र पर्सि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ पुष ११, बिहीबार १७:३४

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि र पर्सी (शुक्रबार र शनिबार) देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विभागले बिहीबार विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म वर्षाको सम्भावना रहनुका साथै चिसो बढ्ने जानकारी गराएको हो ।

विभागले विशेष सूचनामार्फत् उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको सूचित गराएको हो ।

‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।