यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । प्रदेशको राजधानी हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक विभिन्न निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट चार निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणी तथा सो सरहका अधिकृतहरुलाई प्रदेशका मन्त्रालयको सचिवमा जिम्मेवारी तोक्ने र पदस्थापना गर्न स्वीकृत प्रदान गर्ने ।
२. डा.सुमित्रा गौतमलाई प्रदेश स्वास्थ्य मन्त्रालयमा पदस्थापन गर्ने ।
३. प्रदेश प्राविधिक तथा व्यावसायिक एवम् तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्ति गर्ने ।
४. स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवम् नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१, वार्षिक आयोजना छनोट कार्यविधि २०७८ संशोधन, तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ र प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम २०८१ लाई मन्त्रीपरिषद् अन्तर्गत रहेको समितिमा छलफलका लागि पठाउन स्वीकृति प्रदान गर्ने ।
५.प्रदेश प्रमुखको कार्यालय सबलीकरण कार्यक्रमका लागि १० लाख रुपैयाँ र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई १० करोड रुपैयाँ अनुदानबापत निकासा गर्न स्वीकृति प्रदान गर्ने ।
६.प्रदेश खानेपानी तथा सरसफाई विधेयक तर्जुमा गर्न खानेपानी, ऊजा तथा सिँचाई मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने । प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने ।
७.अपाङ्गता भएको व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम कार्यान्वय कार्यविधि २०८१ स्वीकृति प्रदान गर्ने ।
