श्रमिक सुरक्षित सहकारीको वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ पुष १३, शनिबार १६:४४

मकवानपुर । श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, अजरअमर रोडमा अवस्थित उक्त संस्थाको शनिबार १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभा संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता एवम् राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा विभिन्न विधामा ७ जनालाई सम्मान गरिएको थियो । सहकारीले दुई जना जेष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा महिलातर्फ जगतमाया बासुकला र पुरुषतर्फ हाजिरमान भुलुन रहेका छन् ।

यस्तै, नियमित बचतकर्तातर्फ रामकुमार भट्टराई र निला सुबेदी, अधिकतम बचतकर्तातर्फ विनोद कुमार पुडासैनी, धेरै ब्याज तिर्ने कमल श्रेष्ठ, समयमै किस्ता बुझाउने प्रविना कुमारी कार्कीलाई सम्मान गरिएको थियो । यसैगरी, एसईई परिक्षामा उच्च जिपिए ल्याउने विद्यार्थी सन्ध्या देउजालाई नगदसहित सम्मान गरिएको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सह–सचिव विजय बहादुर बस्नेतको विशेष आतिथ्यता रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, पूर्व उद्योग संघका अध्यक्ष माधव अधिकारी, राष्ट्रिय सहकारी बैंक हेटौंडाका शाखा प्रबन्धक रामेश्वर अर्याल, पत्रकार महासंघ बागमती प्रदेश सदस्य सुर्वणलाल श्रेष्ठलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

सो क्रममा संस्थागत प्रतिवेदन, कोषाध्यक्ष एवम् ऋण उपसमिति संयोजक विरेन्द्र प्रसाद ढुंगानाले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट र लेखा सुपरिवेक्षण समिति संयोजकले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पुँजी ३ करोड १३ लाख ७५ हजार छ सय रुपैयाँ रहेको छ भने संस्थाको बचत संकलन १६ करोड ८५ ला ख ८१ हजार छ सय १५ रुपैयाँ रहेको छ ।

उक्त सहकारीमा हाल दुई हजार २२ जना शेयर सदस्य रहेका छन् ।