सिस्नेरी–दक्षिणकाली र फर्पिङ–हुमाने सडक एकतर्फी संचालनमा ल्याइने
मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ टल्कु–हुमाने सडकखण्ड एकतर्फी संचालनमा ल्याइने भएको छ । केही दिन अघिबाट पूर्ण रुपमा बन्द भएको दुबै सडक एकतर्फी संचालनमा ल्याइने भएको हो ।
पूर्वाधार विकास विशेष आयोजना, हेटौंडा अन्तर्गत उक्त सडकखण्डमा तेस्रो प्याकेज अन्तर्गत देवीदेखि दक्षिणकाली नगरपालिका–९ को कार्यालयसम्मको सडक निर्माण कार्य हाल भइरहेको छ ।
दुबै सडकखण्डमा एकतर्फी सुचारु गर्ने व्यवस्था मिलाउन दक्षिणकाली नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, काठमाडौं र जिल्ला प्रशासन कार्यालय, मकवानपुर पत्राचार गरेको छ ।
दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले जिल्ला प्रशासन कार्यालय, काठमाडौं र जिल्ला प्रशासन कार्यालय, मकवानपुर पत्राचार गर्दै दुबै सडकको निर्माण भइरहेकोले अर्को सूचना नभएसम्मका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
