यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०८१ पुष १८, बिहीबार ०९:०८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र त्यसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र भने मौसम सामान्यतया सफा रहनेछ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।