सिमलताल नजिकै बिहानै सवारी दुर्घटना, ६ जना घाइते

तु खबर संवाददाता
२०८१ पुष १५,सोमबार १०:४३

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै आज बिहान सवारी दुर्घटना भएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले बिग्रिएर सडक छेउँमा रोकिराखेको मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।