सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।