मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ४९ औं एकता तथा मेलमिलाप दिवस २०८१ को अवसरमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
वि.पि.विचार समाज मकवानपुरले ‘नेतृत्वको सक्षमताः उज्यालो भविष्यको भरोसा’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो ।

नेकपा एमालेका नेता एवम् संविधान सभाका सदस्य अनन्त पौडेल, नेकपा माओवादी केन्द्रका नेता एवम् संविधान सभा सदस्य प्रह्लाद लामिछाने र नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दाहालको विशेष आतिथ्यता रहेको कार्यक्रम संस्थाका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा कांग्रेसका बागमती प्रदेश संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेसका महासमिति सदस्य उमा दाहाल, वि.पि.विचार समाजका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक तिर्थराज पराजुली, कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी, वि.पि. विचार मकवानपुरका प्रमुख सल्लाहकार कृष्णप्रसाद दाहाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा.देवचन्द्र मानन्धर, कृष्णप्रसाद भट्टराई, स्मृति केन्द्रका अध्यक्ष विकेन्द्र अग्रवाललगायतले मन्तव्य राखेका थिए ।
