समाचार

थप २९०५ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार...

औचित्य पुष्टि नभएपछि केपी सरकारले हामीमाथिको प्रतिबन्ध फुकुवा गर्यो– विप्लव नेता नयन

मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज एवम् केन्द्रीय सदस्य इन्द्रबहादुर परियार नयनले केपी ओली नेतृत्वको सरकारले आफुहरुमाथि प्रतिबन्ध लगाउनुको औचित्य पुष्टि गर्न नसकेपछि बाध्य भएर प्रतिबन्ध फुकुवा गरेको बताएका छन् । आज हेटौंडामा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नयनले ओली नेतृत्वको सरकारले आफुहरुसंग ३ बुँदे...

यी हुन बुधबार सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै, छिमेक लघुवित्त विकास बैंकको २२ करोड, हिमालयन...

आज नेप्सेमा झिनो बृद्धि हुँदा ५ अर्ब माथिको कारोबार

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५...

लाजशरम नभएका माधव नेपाललाई एमालेमा ठाउँ छैन – केपी ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई अब पार्टीमा ठाउँ नभएको बताएका छन् । विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए । प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई...

कालीगण्डकी नदी डाइभर्सनका काम नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सनका कुनै पनि काम अघि नबढाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको हो । सरकारले पाल्पाको रम्भा गाउँपालिका...

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको उल्लेख छ । सर्वोच्च अदालतबाट मिति असार २८ मा भएको आदेश बमोजिम कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३...

हेटौँडाबाट ४० किलो गाँजासहित गुरुङ पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बाट लागूऔषध गाँजा ४० किलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्वर ४ बस्ने १९ वर्षीय दिपक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आज बिहान विशेष...

मकवानपुरमा आज ६९ जना भए कोरोनामुक्त, सबैभन्दा धेरै हेटौँडामा

मकवानपुर । मकवानपुरमा आज ६९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ६९ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज...

मकवानपुरमा बुधबार ७५ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा आज ७५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५६ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ९२ जनाको एन्जीजेन परीक्ष गर्दा २० जनामा र १६४ जनाको पीसीआर परीक्षण...