समाचार

१६९ किलो गाँजासहित दुई जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट १६९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक...

बागमती प्रदेश प्रमुख प्रसाईद्वारा २ वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई आएको २ वटा सरकारको आर्थिक विधेयक उनले बुधबार प्रमाणीकरण गरेका हुन् । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक...

परिवार दलका अध्यक्ष ढकालले दिए प्रधानमन्त्री देउवालाई बधाई

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । अध्यक्ष ढकालले सामाजिक संजालमार्फत् प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्दै देश र जनताको हितका लागि काम गर्न सक्षम रहोस् भन्दै शुभकामना दिएका हुन् । वर्तमान समयमा जनतालाई कोभिड–१९...

देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको...

अमेरिकी राजदूत बेरीले दिए प्रधानमन्त्री देउवालाई बधाई

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको लागि अमेरिकी राजदूत र्याण्डि बेरीले बधाई शुभकामना दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताएका छन् । उनले...

आजदेखि दुई लघुवित्तको एकिकृत कारोबार सुरु हुँदै

काठमाडौं । आजदेखि दुई वटा लघुवित्तले एकिकृत कारोबार सुरु गर्ने भएको छ । आजबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गर्ने भएको हो । महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० कित्ता बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति...

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति समर्थकले हिंसा मच्चाए, ७२ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो...

स्नातक पास गर्ने छात्रालाई ५१ हजार भत्ता

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी छात्रा (महिला) लाई रु ५१ हजार भत्ता दिने भएको छ। नगर सभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन...

आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको नियमित बुलेटिनमा आज बिहान देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । यस्तै...

हेटौंडामा आजबाट शिक्षक र कर्मचारीलाई खोप लगाइने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई आजबाट कोरोना विरुद्धको भेरोसेल खोप लगाउने भएको छ । उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने जानकारी दिएको हो...