परिवार दलका अध्यक्ष ढकालले दिए प्रधानमन्त्री देउवालाई बधाई

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १३:१०

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

अध्यक्ष ढकालले सामाजिक संजालमार्फत् प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्दै देश र जनताको हितका लागि काम गर्न सक्षम रहोस् भन्दै शुभकामना दिएका हुन् ।

वर्तमान समयमा जनतालाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापन र बाढी पहिरोबाट प्रभावित जनताको उद्दारका एमम् राहतको व्यवस्थापन गर्न सरकार सक्रिय हुनुपर्ने उनले सुझाव दिए ।

अध्यक्ष ढकालले प्रधानमन्त्री देउवालाई मुलुकमा शान्ति, स्थायित्व र नेपाली जनताको भावनाअनुरुप आफ्नो कार्ययोजना बनाई काम गर्न सुझाव दिए ।

प्रधानमन्त्री देउवाले हिजो मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । सर्वोच्च अदालतको २८ गतेको फैसलाले उनलाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*