नेपाल परिवार दलका अध्यक्ष ढकालले गरे मतदान

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले मतदान गरेका छन् ।
उनले गृहजिल्ला गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ८ स्थित जागेश्वर माविको मतदान केन्द्रमा पुगी विहान ९ बजे मतदान गरेका हुन् ।
ढकाल श्रीमती ब्लेसिको साथै दुइ छोरीहरु एस्थर र सिमहालाई साथमै लिएर लिएर मतदानस्थल पुगेका थिए ।
नेकपा एमालेसँग चुनावी तालमेल गरी ढकाल सूच चिन्ह लिएर प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार रहेका छन् ।
मतदानपश्चात ढकालले प्रतिक्रिया दिँदै आवधिक निर्वाचनले लोकतन्त्र बलियो बनाउने र आम नागरिकमा राज्यप्रतिको अपनत्व विकास हुने बताए ।