समाचार

हेटौंडामा नागरिक संवाद केन्द्र र कानूनका विद्यार्थीबीच अन्तरक्रिया

मकवानपुर । नागरिक संवाद केन्द्र हेटौंडाले कानून विषय अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ । केन्द्रले मंगलबार हेटौंडास्थित नागरिक संवाद केन्द्रको पुस्तकालयमा विद्यार्थीसँग कानूनी साक्षरता गर्दै अन्तरक्रिया गरेको हो । संवाद केन्द्रका प्रमुख अधिवक्ता रघुनाथ खरालका अनुसार, सिद्धार्थ माध्यामिक विद्यालयमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसँग अंशवण्डा सम्बन्धी कानूनी व्यवस्थाको विषयमा सहजीकरण...

महिला समुहहरुलाई फलफुलको बिरुवा वितरण

मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले जिल्लाका गरिब, विपन्न परिवारका महिला समुहहरुलाई फलफुलका बिरुवाहरु वितरण गरेकोे छ । बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा मन्त्रालयसँगको सहकार्यमा फलफुलका बिरुवाहरु वितरण गर्नुका साथै वृक्षरोपणको कार्य समेत सुरुवात गरेको छ । फलफुलका बिरुवा वितरण तथा वृक्षरोपण कार्यक्रमका लागि बागमती प्रदेश उद्योग,...

देउवा सरकारप्रति कठोर बन्ने ओली संकेत

काठमाडौं । अदालतको आदेशबाट सरकारबाट बाहिरिएको एमालेलाई संसद् र सडकमा प्रधानमन्त्री शेरबहादुर देउवाले झेल्नुपर्नेछ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न सहज हुने छैन। सरकाबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई एमालेले सडकमा उतारिसकेको छ। एमाले अध्यक्ष केपी...

१६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने जापानको घोषणा

काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमिचुले उक्त घोषणा गर्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । जापानमा उत्पादन गरिएको एस्ट्राजेनेका भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड खोपजस्तै भएको उल्लेख गर्दै विज्ञप्तिमा यो खोप आएपछि कोभिसिल्डको...

‘चैतसम्म सबै नागरिकलाई खोप’

काठमाडौं । नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मंगलबार साँझ नै पदभार ग्रहण गरे । पदभार ग्रहणपछि बसेको...

अनलाइन कक्षाले तनावमा बालबालिका

काठमाडौं । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।” अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ...

बहिर्गमनको पीडाले ओलीमा आक्रोश

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट मुक्त हुनुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफूपछि बन्ने सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरेका छन्। विश्वमा पहिलो पल्ट अदालतबाट प्रधानमन्त्री बनाउने आदेश आएको टिप्पणी पनि उनले गरे। उनले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे। उनले अदालतबाट राजनीतिक हस्तक्षेप...

बालुवाटारको सुरक्षा टोली बूढानिलकण्ठतिर

काठमाडौं । एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट...

शपथमा किचलो र देउवाको अडान

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।उनले...

जसपा सरकारमा किन भएन सहभागी ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी...