समाचार
ओलीले भोली बालुवाटार छोड्ने
मकवानपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्रै बालुवाटार छोड्ने भएका छन् । आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने भएको ओली निकट नेताहरुले बताएका छन् । सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् ।
भानु जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना
मकवानपुर । २०८ औँ भानु जयन्तीको अवसरमा नवोदय साहित्यिक बगैँचा बाल क्लवले सोमबार भर्चुअल प्रविधिबाट विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानको विषयमा चर्चा परिचर्चा गरिएको नवोदय साहित्यिक बगैंचा क्लबले जनाएको छ । सो कार्यक्रममा प्रमुख अतिथि रहेका भानुभक्त समालोचनात्मक दृष्टिकोण साहित्यकार...
थप २३९८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५८ जनाको पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै...
यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ । आज सर्वाधिक कारोबार भएको कम्पनीमा नेपाल बंगलादेश बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी...
आज नेप्से १६ अंकले बढ्यो
काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको हो । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६...
सवारी साधनको विवरण नागरिक एपबाटै हेर्न सकिने
काठमाडौं । नागरिक एपको आईओएस भर्सनमा पनि सवारी साधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन् । यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट...
बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महालक्ष्मीनगरपालिका वडा नम्वर ४ ललितपुर घर भर्इ काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका–१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन्...
‘जनताको लागि कोरोना खोप मैले ल्याइदिएँ, भोलिबाट हामीले ल्यायौँ भन्दै प्रचार गर्नेछन्’
मकवानपुर । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले आज नेपाली जनताको लागि कोरोना खोप सुनिश्चित गरिदिएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । ‘१...
दलीय व्यवस्था बलियो भयो कि निर्धो ? यसको निर्णय भविष्यमा हुनेछ –ओली
मकवानपुर । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले दलीय व्यवस्था निर्धो बनाएको आरोप लगाएका छन् । मंगलबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलाले राजनीतिक स्थायीत्व भयो कि भएन भन्ने भविष्यमा थाहा हुने बताए । ‘मुलुकको राजनीति लामो समयसम्म रहिरहनेछ। लोकतन्त्रको सृदृढीकरणमा...
प्रधानमन्त्री जनताको जनादेशबाट बन्ने हो, सर्वोच्चको परमादेशबाट होइन-ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकारबाट बाहिरिँदै गर्दा सर्वोच्च अदालतमाथि सबै दोष थुपारिदिएका छन् । उनले आफुलाई जनताको जनादेश भएपनि सर्वोच्चले निश्चित व्यक्तिको निश्चित महत्वकांक्षा पुरा गर्न परमादेश जारी गरेको आरोप लगाए । आफुले सदनबाट मुलुकलाई किनार लगाउन कठिन भएपनि ताजा जनादेशमा जान खोज्दा अदालतले जनताको जनादेशको...







