बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा महालक्ष्मीनगरपालिका वडा नम्वर ४ ललितपुर घर भर्इ काठमाडौं महानगरपालिका–१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका–१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मंसिर २२ गते ७ दिन कैद र ५२ लाख जरीवाना सुनाएको थियो ।
ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले श्रेष्ठलाई लामाटार ललितपुरबाट र मिश्रलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर माछापुच्छ्रे र सेन्चुरी बैंकका बिभिन्न रकमका चेकहरु आ(आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
