हेटौंडामा नागरिक संवाद केन्द्र र कानूनका विद्यार्थीबीच अन्तरक्रिया
मकवानपुर । नागरिक संवाद केन्द्र हेटौंडाले कानून विषय अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ ।
केन्द्रले मंगलबार हेटौंडास्थित नागरिक संवाद केन्द्रको पुस्तकालयमा विद्यार्थीसँग कानूनी साक्षरता गर्दै अन्तरक्रिया गरेको हो ।
संवाद केन्द्रका प्रमुख अधिवक्ता रघुनाथ खरालका अनुसार, सिद्धार्थ माध्यामिक विद्यालयमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसँग अंशवण्डा सम्बन्धी कानूनी व्यवस्थाको विषयमा सहजीकरण गर्दै अन्तरक्रिया गरेको हो ।
संवाद केन्द्र प्रमुख खरालको प्रमुख आतिथ्यता सम्पन्न भएको सो कार्यक्रममा कानूनी संकायमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थी र केही नागरिकहरुको सहभागिता थियो ।
