समाचार
स्नातक तहको परीक्षा साउनमा
काठमाडौं । विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा...
देउवा सरकारका निर्णय ‘महामारी’ केन्द्रित
काठमाडौं । आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गराउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठकमा देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गराउनुभयो । मन्त्रिपरिषद्को निर्णयमा आगामी...
जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीन पटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ । गत सोमबार बसेको...
हेर्नुहोस् आज असार ३१ गते २०७८ बिहिवारको राशिफल
मेष आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक भइनेछ । मिथुन पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । सिंह आज नयाँ कार्यको योजना...
कांग्रेस माओवादी गठबन्धमा सहभागी जनमोर्चा सरकारमा नजाने
काठमाडौं । नेपाली कांग्रेस– नेकपा माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, तर बाहिरैबाट देउवा...
१० लाख धरौटी बुझाएर रिहा भए गच्छदार
मकवानपुर । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा खेपेका विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदार विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष...
प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवका नेताबीच बुधबार भेटवार्ता भएको छ । विप्लव प्रचण्डलाई भेट्न धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । विप्लवले पूर्व...
लामो दुरीको सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि
काठमाडौं । यातायात व्यवस्था विभागले लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको हो । विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालन हुने...
नेपाललाई भेट्न काटेश्वर पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ । आज...
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति दउवाले बैठक बिहिबार दिउँसो २ बजेका लागि बोलाएका हुन् । सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले...










