आज नेप्सेमा झिनो बृद्धि हुँदा ५ अर्ब माथिको कारोबार

तु खबर संवाददाता
२०७८ असार ३०,बुधबार १६:४९

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो ।

आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ ।

गत मंगलबार १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुग्दा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*