मकवानपुरमा बुधबार ७५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज ७५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २५६ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ९२ जनाको एन्जीजेन परीक्ष गर्दा २० जनामा र १६४ जनाको पीसीआर परीक्षण गर्दा ५५ जनामा गरी ७५ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्लामा पछिल्लो २४ घण्टामा दुबै बिधिबाट गरेको कोरोना परीक्षणमा २९ प्रतिशतमा कोरोनापुष्टि भएको छ ।
