लाजशरम नभएका माधव नेपाललाई एमालेमा ठाउँ छैन – केपी ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई अब पार्टीमा ठाउँ नभएको बताएका छन् ।
विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए ।
प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे ।
उनले भने ‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्ने केही व्यक्तिहरु अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौं । ’
‘तर माधव नेपालको हकमा आत्मआलोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।’ उनले थपे ।
