मकवानपुरमा आज ६९ जना भए कोरोनामुक्त, सबैभन्दा धेरै हेटौँडामा

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १५:५५
filr-photo

मकवानपुर । मकवानपुरमा आज ६९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ६९ जना आज संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ४० जना कोरोना संक्रमणमुक्र भएका हुन् ।

यसैगरी संक्रमणमुक्त हुनेहरुमा थाहानगरपालिकाका ९ जना, बकैया गाउँपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका ४ जना र कैलाश र भीमफेदी गाउँपालिकाका १/१ जना रहेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा संक्रमण मुक्त हुनेको कूल संख्या ११ हजार ७७ जना पुगेको छ ।

त्यस्तै , आज जिल्लामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*