समाचार

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले दिएको जानकारी अनुसार आज तेजाबी सुनको मूल्य...

मकवानपुरमा वीपीको शालिकमा माल्यार्पण

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवस उनको शालिकमा माल्यार्पण गरी मनाएको छ । बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालय परिसरमा रहेको वीपीको शालिकमा माल्यार्पण गरिएको हो । सोही अवसरमा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाले लोकतान्त्रिक समाजवाद स्थापनामा...

आगलागीबाट ४४ लाखको क्षति

काठमाडौं । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर...

बस दुर्घटनामा एक जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्वरको बस पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश...

बिहानै पक्राउ परे मकवानपुरका नेगी

मकवानपुर । मकवानपुरको मनहरीबाट आज बिहानै प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट ८१ किलो ३५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ४२ वर्षीय बाबुराम...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

वीरगञ्ज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार, सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बस्ने भएको हो । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा...

बकर इदमा नेता बानियाँको शुभकामना : प्रतिगमनको अन्त्यसंगै नयाँ दिनको सुरुवात

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् । नेपाल विभिधताले भरिपूर्ण देश भएको भन्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक रुपले सबैलाई आकर्षण गर्ने र विविधता भित्रको...

वरिष्ठ कलाकार नेपालीको निधन

काठमाडौं । वरिष्ठ कलाकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । कलार नेपालीको मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे निधन भएको कलाकार नविन्द्रराज भण्डारीले जानकारी दिए । उनका अनुसार, ८५ वर्षीय नेपालीमा केही दिनदेखि मुटुको समस्या थियो । नेपाली अमूर्त...

मुख्यमन्त्री पौडेलले दिए बकर इदको शुभकामना

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम धर्मावलम्बिहरुको दोश्रो ठुलो पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् । उनले नेपाल बहुजाजीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश भएको र विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्पर कायम रहेको कारण भातृत्व भावनाले समग्र देशलाई...

केन्द्रको समीकरणले बागमती प्रदेशमा तरंग

मकवानपुर । केन्द्रीय राजनीतिमा बनेको समीकरणले वाग्मती प्रदेशको राजनीति पनि तरंगित बनेको छ । संघीय सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्दा एमालेकै सांसदले मत दिएपछि त्यसको परकम्पन प्रदेश तहमा पनि देखिन थालेको हो । पार्टीभित्रको आन्तरिक द्वन्द्व चुलिएसँगै संघीय सरकारको नेतृत्वबाट बाहिरिएको एमाले विभाजन हुने स्थितिमा पुगेपछि वाग्मती सरकारसमेत...