मुख्यमन्त्री पौडेलले दिए बकर इदको शुभकामना

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार ०८:४९
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम धर्मावलम्बिहरुको दोश्रो ठुलो पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् ।

उनले नेपाल बहुजाजीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश भएको र विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्पर कायम रहेको कारण भातृत्व भावनाले समग्र देशलाई जोडेको उल्लेख गरेका छन् ।

उनले इद पर्वको अवसरमा सबैलाई जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको पक्षमा सिर्जनशिल भई सकारात्मक योगदान पु¥याउन थप प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गरेर भीडभाड नगरी पर्व मनाउन उनले आग्रह गरेका छन् ।

सोही अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक प्रचलन रहिआएको छ ।