वरिष्ठ कलाकार नेपालीको निधन
काठमाडौं । वरिष्ठ कलाकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ ।
कलार नेपालीको मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे निधन भएको कलाकार नविन्द्रराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार, ८५ वर्षीय नेपालीमा केही दिनदेखि मुटुको समस्या थियो ।
नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् ।
उनको परिवारमा दुई छोरीहरू छन् ।
