बकर इदमा नेता बानियाँको शुभकामना : प्रतिगमनको अन्त्यसंगै नयाँ दिनको सुरुवात

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार ०९:१९
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् ।

नेपाल विभिधताले भरिपूर्ण देश भएको भन्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक रुपले सबैलाई आकर्षण गर्ने र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको उनले बताए ।

विभिधताले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरेको उनले उल्लेख गरे ।

नेपाली जनताको लामो राजनैतीक संघर्ष र बलिदानीबाट प्राप्त संविधान र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस सदैव कटिवद्ध रहेको भन्दै बकर इद पर्वले आम नेपालीहरुमा राष्ट्रप्रतिको प्रेम थप प्रगाढ बनाउन हौसला मिल्ने उनले बताए ।

प्रतिगमन र संविधान विरोधी गतिविधिलाई परास्त गर्दै नेपाली जनताले नयाँ दिनको सुरुवात गरेको वर्तमान समयमा नेपाली कांग्रेस नेतृत्वको सरकारले जनअपेक्षालाई प्राथमिकतामा राखेर देश र जनताको हितका लागि डटेक काम गर्ने उनको भनाई छ ।

उनले प्रदेशस्तरमा देखिएको राजनीतिक समस्यालाई पनि चाँडै नै हल गर्ने र बागमती प्रदेशको सरकारसमेत परिवर्तन गरी प्रदेशवासीको हितका लागि कांग्रेसले जुनसुकै परिस्थितिमा पनि नेतृत्व लिन तयार रहेको बताए ।

बकर इद पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।