समाचार
नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ । बैठकले अध्यक्ष केपी शर्मा ओली...
भूमि आयोग खारेजीविरुद्ध हेटौंडामा विरोध प्रदर्शन
मकवानपुर । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले हेटौंडामा बिरोध प्रदर्शन गरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि बनेको भूमि सम्बन्धी समस्या समाधान आयोगको विघटनविरुद्ध हेटौंडामा अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ ।...
सामुदायिक वन दिवसको अवसरमा बृक्षा रोपण
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा बृक्षा रोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । उपभोक्ता महासंघले आठौं सामुदायिक वन दिवसको अवसरमा बृक्षा रोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ बुङदलमा रहेको खयरघारीमा बृक्षारोपण गरिएको छ ।...
कोभिसिल्डको पहिलो मात्रा लगाएका मकवानपुरका नागरिकलाई अब एस्ट्राजेनेका खोप लगाइने
मकवानपुर । कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका मकवानपुरका करिब १७ हजार जना दोस्रो डोज खोपको पर्खाइमा छन् । शरिरमा खोपको मात्रा पुरा हुन दुवै डोज लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् । तर, खोप अभाव हुँदा उनीहरुले दोस्रो डोज लगाउन नपाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले कोभिसिल्ड खोपको पहिलो डोज...
मकवानपुरको हेटौंडासहित यी स्थानहरुमा चार दिन विद्युत अवरुद्ध हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया, बागमती गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि चार दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रले एक सूचना जारी गर्दै ग्रामीन फिडर अन्तरगतको फिडर अन्तरगतको हटिया चिसापानी हुँदै बकैया गाउँपालिका र बागमती गाउँपालिकाको राईगाउँसम्म, रंगशाला फिडर अन्तरगत हेटौंडा उपमहानगरपालिका–६ देखि...
हेटौंडामा निषेधाज्ञा जारी : आजबाट जोर विजोर प्रणाली लागू, माक्स नलगाउनेलाई जरीवाना
मकवानपुर । कोरोनाका संक्रमित थपिएसंगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले संक्रमण न्यूनिकरणको प्रयासस्वरुप निषेधाज्ञाको अवधि पुनः थप गरेको छ । लामो समयदेखि जारी निषेधाज्ञाको अवधि साउन २४ गते राति १२ बजेसम्मको लागि थियो । सक्रिय संक्रमितको संख्या बढेसंगै निषेधाज्ञा पनि एक साता थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ...
हेटौंडामा एक दिने अगुवा कार्यकर्ता क्षमता विकास तालिम सम्पन्न
मकवानपुर । नेपाल उत्पीडन जतीय मुक्ति समाज मकवानपुरको आयोजनामा हेटौंडामा एक दिने अगुवा कार्यकर्ता क्षमता विकास तालिम सम्पन्न भएको छ । कार्यक्रम मुक्ति समाजका उपाध्यक्ष राधा विश्वकर्माको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यतामा भएको हो । सो तालिममा मकवानपुर जिल्ला भरका सबै स्थानीय तहका दलित...
सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट
काठमाडौं । सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली, प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ । निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग...
मकवानपुर सवारी दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सिमखोलामा आज दिउँसो भएको सुमो दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, उक्त दर्घुटनामा परी मृत्यु हुनेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नम्वर ४ बस्ने अन्दाजी ३५ वर्षीय प्रमोद साह...
त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले उक्त निर्णय लिएको हो । हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक...










