मकवानपुरको हेटौंडासहित यी स्थानहरुमा चार दिन विद्युत अवरुद्ध हुने

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०७:४६
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैया, बागमती गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि चार दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा बितरण केन्द्रले एक सूचना जारी गर्दै ग्रामीन फिडर अन्तरगतको फिडर अन्तरगतको हटिया चिसापानी हुँदै बकैया गाउँपालिका र बागमती गाउँपालिकाको राईगाउँसम्म, रंगशाला फिडर अन्तरगत हेटौंडा उपमहानगरपालिका–६ देखि बकैया र बागमती गाउँपालिकाका सबै क्षेत्रमा आजबाट चार दिनसम्म विद्युत अवरुद्ध हुने जनाएको हो ।

ती स्थानहरुमा पोल÷तार सार्ने काम र अध्यावतिक गर्ने कार्यको लागि विद्युत अवरुद्ध हुने हेटौँडा बितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणका अनुसार, उक्त स्थानहरुमा आज साउन २५ गतेदेखि साउन २८ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म विद्युत प्रसारण अबरुद्ध हुनेछ ।