समाचार

लोकसेवा आयोगको कुनै पनि परीक्षा स्थगित नहुने

काठमाडौं । लोकसेवा आयोगले लिने कुनै परीक्षा अब स्थगित नहुने नभएको छ । आयोगले तालिका प्रकाशित गर्दै कुनै पनि परीक्षाहरु नरोक्ने जनाएको हो । आयोगका प्रवक्ता तोयरानारायण सुवेदीले आयोगले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेको र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने बताए । आयोगले आर्थिक वर्ष २०७६–०७७ र...

भारतमा एकैदिन थपिए ३५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारत । भारतमा एकैदिनमा ३५ हजारभन्दा बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रबार सार्वजनिक...

एमाले स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले उक्त विधान संशोधन प्रस्ताव पारित गरेको हो । जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने...

भूमि आयोग खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । देउवा नेतृत्वको सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सो आदेश दिएको हो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका...

सर्वोच्चद्वारा जसपाका तीन सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदको रिटमा अन्तरिक आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएको भन्दै जसपाले पार्टीका लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेयलाई कारवाही गरेपछि निजहरु...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको मन्त्रिपरिषद बैठकमा हिजो मात्रै सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममाथि छलफल गर्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्ने जनाएको छ । साथै बैठकमा केही...

विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा

तनहुँ । सत्ताइसौं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको यही साउन २२ गते बसेको कार्यपालिका बैठकले आज आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाका अवसरमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था ९अत्यावश्यक सेवाबाहेक०...

कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदैछ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन मिति भदौ १६ का लागि तोकिएको भएपनि उक्त मितिमा अधिवेशन नहुने...

मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलमा सवार बर्दगोरिया गाउँपालिका–१ बस्ने ७२ वर्षीय जगतबहादुर साउद रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बर्दगोरिया गाउँपालिका–१ स्थित से ७ प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकलको ठक्करबाट गम्भीर...

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभावका कारण देशभरका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...