लोकसेवा आयोगको कुनै पनि परीक्षा स्थगित नहुने
काठमाडौं । लोकसेवा आयोगले लिने कुनै परीक्षा अब स्थगित नहुने नभएको छ । आयोगले तालिका प्रकाशित गर्दै कुनै पनि परीक्षाहरु नरोक्ने जनाएको हो ।
आयोगका प्रवक्ता तोयरानारायण सुवेदीले आयोगले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेको र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने बताए ।
आयोगले आर्थिक वर्ष २०७६–०७७ र आर्थिक वर्ष २०७७–०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
आयोगले गत साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।
