सामुदायिक वन दिवसको अवसरमा बृक्षा रोपण

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०८:०७

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा बृक्षा रोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

उपभोक्ता महासंघले आठौं सामुदायिक वन दिवसको अवसरमा बृक्षा रोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । दिवसको अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ बुङदलमा रहेको खयरघारीमा बृक्षारोपण गरिएको छ ।

बृक्षारोपन कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमानाथ पौडेल, गढी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष जितबहादुर घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।