हेटौंडामा एक दिने अगुवा कार्यकर्ता क्षमता विकास तालिम सम्पन्न
मकवानपुर । नेपाल उत्पीडन जतीय मुक्ति समाज मकवानपुरको आयोजनामा हेटौंडामा एक दिने अगुवा कार्यकर्ता क्षमता विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रम मुक्ति समाजका उपाध्यक्ष राधा विश्वकर्माको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यतामा भएको हो । सो तालिममा मकवानपुर जिल्ला भरका सबै स्थानीय तहका दलित अगुवा कार्यकर्ताहरु, विद्यार्थीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो ।
तालिममा दलित समुदायको हालको अवस्था, चुनौती, र क्षमता विकासको विषयमा प्रशिक्षण गराईएको थियो ।
तालिममा सहभागीबाट भरत विश्वकर्मा र सिमा सुनारले कार्यक्रम अन्यन्तै प्रभावकारी भएको र यस्ता कार्यक्रमहरु निरन्तर गर्नको लागि आयोजक टिमलाई आग्रह गरेका छन । अन्य सहभागीहरुले नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै कार्यक्रमले हौसला प्रदान गरेको बताएका थिए ।
कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम नेपाल कम्युनिष्ट पाट्री एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले अधिकार स्थापीत गर्न र जातीय विभेद अन्त्यका लागि समुदाय स्तरमा काम गर्न जरुरी रहेको बताए । उनले सकारात्मक भएर समाज रुपान्तरण गर्ने अभियानका रुपमा मुक्ति समाजले काम गर्न र नयाँ नेतृत्वहरुलाई शुभकामना समेत दिए ।
कार्यक्रममा नेपाल उत्पीडन जाियत मुक्ति समाज मकवानपुरको अध्यक्ष गोविन्द विश्वकर्माले सहयोगी दाता तथा सहभागीहरुलाई धनयवाद दिदैँ यो पहिलो चरण कार्यक्रम भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले दलितको हक अधिकारको सवालमा लागि पर्ने बताउँदै सबैले साथ सहयोग गर्न अनुरोध समेत गरे ।
सो कार्यक्रममा समाजका केन्द्रिय सदस्य केशव रसाइली, कार्यपालिका सदस्यहरु, नेपाल उत्पीडीत जातीय मुक्ति समाज मकवानपुरकी सह संयोजक राधा विश्कर्मा पत्रकार,विद्यार्थीहरु लगायत विभिन्न दलित अगुवा कार्यकर्ताको सहभागिता थियो ।
