समाचार
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । यस्तै, हाल प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ...
आज मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ आज मन्त्रिपरिषद बैठक बस्न लागेको जानकारी दिइन् । ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।
२५ मिटर सडक: मुख्यमन्त्री पौडेलको अवरोध कायमै, मेयर महत विस्तारको पक्षमा
मकवानपुर । लामो समयदेखि अन्यौलमा परेको २५ मिटर सडक विस्तारको विषय एकाएक फेरी चर्चामा आएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक विस्तार गरेरै छाड्नै अडानसहितको अभिव्यक्ति सार्वजनिक गरेपछि यो विषयले पुनः चर्चा पाएको हो । गएको साउन २९ गते हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले...
बागमती प्रदेशमा ११ लाखले पाए पूर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्धको पूर्ण खोप झण्डै ११ लाख नागरिकले लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा हालसम्म १० लाख ८२ हजार ३ सय ९० नागरिकले कोरोना संक्रमणविरुद्धको पूर्ण लगाएको जनाएको छ । मन्त्रालयको तथ्याङ्कमा हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या...
माओवादीका दर्जन कार्यकर्ता एमालेमा प्रवेश
मकवानपुर । नेकपा माओवादी (केन्द्र) मकवानपुरको एक दर्जभन्दा बढी नेता तथा कार्यकता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । आईतबार हेटौंडा पुष्पदाद पार्कस्थित एमाले पार्टी कार्यालयमा भएको एक कार्यक्रमबी नेकपा माओवादीका नेता सञ्चबहादुर प्रजासहित एक दर्जन कार्यकताहरु एमालेमा प्रवेश गरेका हुन् । यसैगरी, माओवादी तथा कांग्रेसलगायत विभिन्न...
बाल श्रमबाट जोगाउन सामाजिक विकास मन्त्री बस्नेतलाई ज्ञापनपत्र
मकवानपुर । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा परिषदको सप्ताहब्यापी कार्यक्रम अन्तरगत कोभिड–१९ संक्रमणको परिवेशमाः बालबालिकालाई बालश्रमबाट जोगाऔं, भन्ने नाराका साथ बालश्रम अन्त्यका लागि सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलाई ज्ञापनपत्र बुझाइएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई र बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले संयुुक्त रुपमा...
विभिन्न मुद्दामा फरार चार जना मकवानपुर प्रहरीद्वारा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दामा फरार चार जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा, लागूऔषध गाँजा मुद्दामा र चेक अनादर मुद्दामा फरार चार जना प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यायल मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर...
बागमती प्रदेशसभा बैठक भदौं १ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भदौं १ गते मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । गत असार २८ गतेदेखि स्थगित बैठक भोलि मंगलबार बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकका लागि...
असोजभित्र थप एक करोड खोप ल्याइने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जनाए । कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौती र जिम्मेवारीबारे आइतबार आयोजित भर्चुअल समिटमा प्रधानमन्त्री देउवाले...
मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवानासहित कारबाही
मकवानपुर । मकवानपुर प्रहरीले आज (आइतबार) निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ८८ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ८८ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...










