समाचार
हेटौंडामा युवा संघद्वारा माक्स वितरण
मकवानपुर । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधार युवा संघले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै बागतमी प्रदेशभर माक्स वितरण अभियान संचालन गरेको छ । युवा संघ बागमती प्रदेश कमिटिको आयोजना तथा जिल्ला कमिटिको व्यवस्थापनमा हेटौंडाको बुद्धचोकमा माक्स वितरण गरिएको छ । कोभिड–१९ को डेल्टा भेरियन्टविरुद्ध जनचेतना कार्यक्रम स्वरुप...
बागमती प्रदेशसभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गरेको प्रदेशसभा बैठक...
निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जरीवानासहित कारबाही
मकवानपुर । मकवानपुर प्रहरीले सोमबार निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ११५ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ११५ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा बर्तौला, सचिवमा चौलागाई
मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा श्रवण कुमार बर्तौला चयन भएका छन् । सोमबार हेटौंडामा भएको २२ औं जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको छ । यसैगगरी कमिटीको उपाध्यक्षमा रोजल तामाङ र अञ्जु तुम्सिङ, सचिवमा मोहनचन्द्र चौलागाई,...
हेटौंडाका सुवेदी प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध मुद्दामा फरार हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ३० वर्षीय श्रीकृष्ण सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, सुवेदीलाई आज (सोमबार) हेटौंडा...
खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले नलिन आग्रह गरेका हुन्...
सुटिङको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, आधा दर्जन बढी घाइते
काठमाडौं । म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किदै गरेको गाडी धादिङको गजुरीमा गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सुटिङबाट काठमाडौ फर्किदै गरेको...
कुलमान घिसिङको नियुक्त बदर गर्न शाक्यद्वारा रिट निवेदन दर्ता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति बदर गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको सर्वोच्चका सहरजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए । रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक...
थप ३६११ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ६ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
दुर्घटनामा बोहरासहित दुई जनाको मृत्यु
बाँके । बाँकेको गाभरमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बिहान ८ बजेको समयमा राप्ती सोनारी गाउँपालिका–१ स्थित गाभरमा कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ६७९९ नं को ट्रकले लु ६ प १८२२ नं को मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको इलाका...









