समाचार

यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक काराबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज ७४ करोड ९७ हजार...

आज सामान्य अंकले बढ्यो नेप्से, १५ अर्ब माथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचकमा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बृद्धि भई ३ हजार १६० दशमलव ९ विन्दुमा कायम भएको नेपाल स्कट एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार, सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ८६...

मकवानपुरमा आज ११६ जना संक्रमणमुक्त, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा आज थप ११६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ११६ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ९१ जना कोरोना...

भीमफेदी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । भीमफेदी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । १७ मिटर चौडाई र ३५ मिटरको लम्बाइमा बनेको कुल ४२ कोठाको उक्त भवनको आज (सोमबार) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । गाउँपालिकाले २०७६ साल साउनमा आरएनसी नेचुरल जेभी काण्ठमाडौंसँग सम्झौता भई निर्माण कार्य...

आज सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । आज साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार छापावाल सुन...

प्रदेश २ का प्रमुख झा बर्खास्त, नयाँ नियुक्तिका लागि मिश्रको नाम सिफारिस

काठमाडौँ । प्रदेश नम्वर २ का प्रदेश प्रमुख राजेश झालाई बर्खास्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख झालाई बर्खास्त गर्दै नयाँ नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस...

संसद अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं । सरकारको सिफारिससंगै आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोमबार राति १२ बजेबाट लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश...

अफगानिस्तानमा रहेका नेपालीको सकुसल उद्दार गर्ने सरकारको निर्णय

मकवानपुर । सरकारले अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुसल शीध्र उद्दार गर्ने निर्णय गरेको हो । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । यस्तै, हाल प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ...

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज सोमबार मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको हो । उर्जामन्त्री पम्फा भुसालले नियमित एजेण्डाका साथ आज मन्त्रिपरिषद बैठक बस्न लागेको जानकारी दिइन् । ट्रान्स मिटर लाइन लागि रुख काट्ने अनुमति लगायतका एजेण्डा रहेको उनको भनाइ छ ।