मकवानपुरमा आज ११६ जना संक्रमणमुक्त, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा आज थप ११६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ११६ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ९१ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ७ जना, भीमफेदी र बकैया गाउँपालिकाका ७/७ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हनार ६ सय ८७ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज २५० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार १२७ जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा र १२३ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३२ जना, थाहानगरपालिकाका ९, मकवानपुरगढी, भीमफेदी र बकैया गाउँपालिकाका एक/एक जना, मनहरी गाउँपालिकाका ५ जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५५ जना पुगको छ । जिल्लामा आज भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
