समाचार
अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा कार्की पक्राउ
काठमाडौं । ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्की रहेका छन् । उनलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ । काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव...
नेपाली बजारमा आज सुनको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतिताृ ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो...
नेपाल विद्युत प्राधिकरण ११ अर्ब ७१ करोड नाफामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) ले गत आर्थिक वर्ष २०८८/०७८ मा ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्राधिकरणले गत आर्थिक वर्षको विद्युत व्यापार, वित्तीय संचालन खर्च समेत कटाएर खुद ११ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । मंगलबार प्राधिकरणको ३६ औं वार्षिकोत्सवका...
हेटौंडाका ब्लोन जनकपुरबाट पक्राउ
जनकपुर । जनकपुरबाट एक क्वीन्टल गाँजासहित प्रहरीले हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ का ३५ वर्षीय वीरबहादुर ब्लोन रहेका छन् । उनलाई जनकपरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित मुरलीचोकबाट १० पोकामा रहेको उक्त परिणामको गाँजासहित सोमबार पक्राउ गरेकोे धनुषा प्रहरीले...
उच्च अदालत पाटन हेटौंडा इजलाशको प्रगति लक्ष्यभन्दा ३० प्रतिशत कम
मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलाशले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ३० प्रतिशत कम प्रगति हासिल गरेको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उच्च अदालत हेटौंडा इजलाशले आफ्नो कार्य सम्पादन प्रगतिबारे जानकारी दिएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा ८७. ९६ प्रतिशत मुद्दा फट्र्यौटको...
हेटौंडाको तुल्सीमेहर तथा नारायणीमा अब व्यवहारिक शिक्षा संचालन हुने
मकवानपुर । हेटौंडाको तुल्सीमेहर मेमोरियल स्कुल तथा नारायणी कलेजमा अब व्यवहारिक शिक्षा संचालन हुने भएको छ । तुल्सीमेहर र नारायणी कलेजको जिम्मेवारी लिएका सार्क एजुकेशनले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो । फाउण्डेशनका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले नारायणी कलेज अब नयाँ व्यवस्थापनका साथ...
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ...
जनप्रतिनिधि र राजनीतिज्ञको सम्पत्ति छानविन गर्न हेटौंडाका मेयर महतको माग
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा मकवानपुरका जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न जनप्रतिनिधिले नै माग गरेका छन् । मकवानपुरमा १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुको आर्थिक हैसियत स्थानीय तहको निर्वाचन अघिको तुलनामा अहिले अप्रत्याशित बृद्धि भएको भन्दै सम्पत्ति छानविनको विषयमा आवाज उठ्न थालेको हो । उनले अन्य जनप्रतिनिधिको पनि सम्पत्ति...
पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली-नेपाल समूहमा तरंग
काठमाडौं । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए...
भेटेरिनरी अस्पतालद्वारा वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक
मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७८/०७९ को लागि स्वीकृत कार्यक्रमहरु सार्वजानिक गरेको छ । सोमबार केन्द्रका वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जिल्लामा रहेका पशुपन्छीका तथ्याङ्क, केन्द्रले मकवानपुरका स्थानीय तहमा गरेका कामसहित आगामी कार्यक्रमहरुबारे जानकारी दिएका हुन् । केन्द्रले यस वर्ष ४...









