समाचार
निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जरीवानासहित कारबाही
मकवानपुर । मकवानपुर प्रहरीले आज (मंगलबार) निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ७८ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ७८ जनालाई जरीवानासहित कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार...
प्रधानमन्त्री र डा. केसीबीच बालुवाटारमा भेटवार्ता
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र डा. केसीबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेटवार्ता भएको हो । यसअघि डा.केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन...
माधव पक्षका १४ सांसदको पद खारेज गर्न एमालेको पत्र दर्ता (नामावलीसहित)
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता गरिएको छ । नेकपा एमालेले मंगलबार वरिष्ट नेता नेपालसहित १४ सांसदको दल खारेज गर्न संसद् सचिवालयमा पत्र दर्ता गरेको हो । यी हुन् १४ सांसद् । जसको पद खारेज गर्न संसद्...
एमालेले निर्वाचन आयोगमा पठायो केन्द्रीय सदस्यको सूची
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना रहेका छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण...
यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु
काठमाडौं । आज देशभर २२१ वटा कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार रुपैयाँको शेयर कारोेबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको...
आज नेप्से झिनो अंकले बढ्दा १८ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ० दशमलव २३ अंकले बढेर ३ह जार १६० दशमलव ३२ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्स लिमिटेडले जनाएको छ । नेपा स्टक एकसचेन्जका अनुसार, नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३...
मकवानपुरमा आज ९२ जना कोरोनामुक्त, कुल संख्या १३७७९ पुग्यो
मकवानपुर । मकवानपुरमा आज थप ९२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९२ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७४ जना कोरोना...
अझै सुरु भएन बागमती प्रदेशसभा बैठक
मकवानपुर । बागमती प्रदेशसभा बैठक तोकिएको समयभन्दा २ घण्टा ढिलो बस्ने भएको छ । आज मंगलबार दिउँसो २ बजेको लागि आह्वान गरेको प्रदेशसभा बैठक २ घण्टा ढिलो बस्ने भएको नेकपा एमाले बागतमी प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभाको नियमावली संशोधनका...
सरकारले ल्यायो २० प्रतिशत संख्यामै दल विभाजन गर्न सकिने अध्यादेश
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएमा दल विभाजन गर्न सकिने अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख...










