समाचार
माधव पक्ष आजै नयाँ दल दर्ता गर्ने तयारीमा
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबार नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी अघि बढाएको हो । सोही विषयमा अहिले...
राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई सहज बनाउने उदेश्यका साथ अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने...
मकवानपुरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ बस्ने ६५ वर्षीय पुरुष रहेको हेटौंडा अस्पताका सूचना अधिकारी राजिव झा. ले जानकारी दिए । गत साउन २७ गते कोरोना पुष्टि भएको ती पुरुष थप...
आफ्नै भवनमा दियालो बचत तथा ऋण सहकारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारदेखि आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । यसअघि लेवटमा भाडाको घरमा सञ्चालन हुँदै आएको संस्थाले घर खरिद गरी लेवट बजारमा दुई तल्ले भवनबाट कारोबार सुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष शिवराज...
५ दलीय गठबन्धन जोगाउन दल सम्बन्धी अध्यादेश पास हुनुपर्छ – नेता जम्मकट्टेल
मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले अहिलेको ५ दलीय गठबन्धन जनताप्रति उत्तरदायी गठबन्धन भएको बताएका छन् । बागमती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका जम्मकट्टेलले ५ दलीय गठबन्धन प्रतिगमनको विरुद्ध लोकतन्त्र र संविधानको रक्षा गर्न बनेको गठबन्धन भएको स्पष्ट पार्दै दीगो...
पत्रकार महासंघ मकवानपुरद्वारा फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरद्वारा आयोजित फिचर लेखन प्रतियोगिताका विजयीहरुलाई आज नगदसहित पुरस्कृत गरिएको छ । मकवानपुरका पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको सो प्रतियोगितामा क्रमश प्रथम हुने प्रमोद आर्याललाई नगद २५ हजार, द्धितीय हुने भावना रिजाललाई नगद १५ हजार र तृतीय हुने सुदिप शिवाकोटीलाई नगद १० हजारसहित पुरस्कृत...
न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोना पुष्टि, भयो देशव्यापी लकडाउन
वेलिङटन । न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी हुन्। गत फेब्रुअरीपछि त्यहाँ मंगलबार पहिलो पटक एक जनामा कोरोना संक्रमण देखिएको थियो ।...
निषेधाज्ञा जारी गरेर सिडियो निदाएः निरिह जनतालाई सास्ती पहुँचवालालाई मस्ती
मकवानपुर । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले लामो समयदेखि निषेधाज्ञाको अवधि लम्ब्याउँदै आएको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन । प्रमुख जिल्ला अधिकारी (सिडियो) भरतमणि पाण्डेले निरिह जनतालाई निषेधाज्ञा भन्दै सास्ती दिँदै आएको भएपनि पहुँचवाला व्यक्ति र राजनीतिक दलका कार्यकर्ताले भने खुलेआम निषेधाज्ञा...
बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । मंगलबारबाट सुरु भएको प्रदेशसभा बैठक आज पनि बस्ने भएको हो । बैठक आज बिहान ११ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । मंगलबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका सत्तारुढ दलका सांसदहरुले सरकारले...
‘अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक’
मकवानपु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको बताएका छन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटमार्फत संसदको बैठक अन्त्य गरेर भोलिपल्टै दल सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलिय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको बताए...










