समाचार
अपडेटः मुख्यमन्त्री पौडेलले राजीनामा दिँदै, आजै शाक्यलाई नियुक्त गरिने
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री डोरमणि पौडेलले केहीबेरमा नै राजीनामा दिने र नेतृ अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिने तयारी भइरहेको जानकारी दिएका छन् । एमाले संसदीय दलका नेता डोरमणि पौडेललाई राजीनामा गराई नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरिसकिएको बताउँदै उनले आजै नेतृ शाक्य...
थप ३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८ सय ३८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
अपडेटः संसदीय दलको नेता परिवर्तन गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाइयो
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गरिएको पत्र बागमती प्रदेशसभा सचिवालयको कार्यालयमा पठाइएको नेकपा एमालेका प्रमुख सचेत दीपक निरौलाले जानकारी दिएका छन् । बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयमले नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गर्न...
अपडेटः एमालेको सरकार टिकाउन अष्टलक्ष्मीलाई मुख्यमन्त्रीको चिठ्ठा
मकवानपुर । केन्द्रमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । बुधबार माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि एमालेको स्पष्ट बहुमतमा रहेको बागमती सरकार धरापमा परेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय...
मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड गर्ने तयारी
काठमाडौं । मानुषी लघुवित्तले साधारण सेयर (आईपीओ) बाँडफाँड भोलि गर्ने तयारी गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न गरेर बाँडफाँड भोलि गर्ने तयारी गरिएको जानकारी दिए । त्यसैले, सिडिएस र बोर्डको अनुमति भएसँगै आईतबारसम्म बाँडफाँड सम्पन्न गरिने तयारी भइरहेको क्यापिटलले जनाएको छ...
अपडेट: अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छिन् । बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्यलाई एमालेले संसदीय दलको नेता चयन गरेको हो । केहीबेर अघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।...
मुख्यमन्त्री पौडेलले दिए एमाले संसदीय दलको नेताबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेपछि बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने रणनीतिमा एमाले छ ।...
मकवानपुरमा आज १०१ जना कोरोनामुक्त, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा आज थप १०१ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका १०१ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ९० जना कोरोना...
एमाले विभाजन: माधव नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गर्ने निर्णय
काठमाडौँ । नेकपा एमाले विभाजन भएको छ । माधव कुमार नेपाल पक्षको आज बसेको बैठकले माधव कुमार नेपालको नेतृत्वमा ‘नेकपा एमाले समाजवादी’ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक...
हालसम्मकै उच्च बिन्दु नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।...









